टिम नेपो बुटवलको महिनावारी जनचेतना तथा प्याड वितरण अभियानको दोस्रो कार्यक्रम सम्पन्न ( फोटो फिचर सहित )

प्रकाशित मिति:

मधुसूदन नेपाल,बुटवल- टिप नेपो बुटवलद्वारा “स्वस्थ महिनावारी, हामी सबैको जिम्मेवारी ” भने नारा सहित जनचेतना तथा प्याड वितरण अभियान सुरु भएको थियो । उक्त अभियानलाई पहिलो कार्यक्रमको सफलता पछि  आज टिम नेपो बुटवलले बिजयनगर गाउँपालीका -६, कपिलवस्तुमा दोस्रो कार्यक्रम भब्य साथ सम्पन्न गरेको थियो ।

उक्त कार्यक्रममा सभापतिको रुपमा टिम नेपो बुटवलको अध्यक्ष सुमन पोखरेल साथै प्रमुख अतिथिको रुपमा बिजयनगर गाउँपालीकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी विशिष्ट अतिथीमा टिम नेपोका लुम्बिनी प्रदेश संयोजक अशोक गौतम साथै अतिथीको रुपमा गाउँपालीका सदस्य सकुन्तला भणडारी साथै वडा सदस्य बिण्णुकुमार यादव र जसराज बि.कको उपस्थिति रहेको थियो।  कार्यक्रममा टिम नेपोको कोषाध्यक्ष शक्ति केसी , पत्राचार आशिष खनाल  सदस्य सिर्जना ज्ञवाली, प्रतिक्षा घिमीरे र लक्ष्मी न्यापानेको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

सोही कार्यक्रममा  बोल्दै ” समय अनुसारको आवश्यकता र चेतना वृद्धिलाई मध्यनजर गरि समाजका महिलाहरूलाई महिनावारीको चेतना दिएकोमा टिम नेपोलाई धन्यवाद दिन चाहान्छु।”प्रमुख अतिथि बिजयनगर गाउँपालीकाको उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले मन्तव्य दिनु भयो।

टिम नेपो बुटवलको सदस्य प्रतिक्षाको स्वागत मन्तव्य सहित  कार्यक्रम मर्यादित दङ्गले अगाडि बडेको थियो। साथै टिम नेपो बुटवलकी कोषाध्यक्ष शक्ति केसीले महिनावारी हुदा गर्नुपर्ने कार्य साथै प्याडलाई प्रयोग गर्नै तरिका सिकाउनु भएको थियो भने उक्त कार्यक्रममा २५० जना स्थानीयलाई २५० पिस प्याड र ४ सय पिस माक्स वितरण गरिएको थियो ।

साथेै मन्तव्यकै क्रममा बिजयनगर गाउँपालीकाकी उपाध्यक्ष र टिम नेपो बुटवलको प्रदेश संयोजक अशोक गौतमले आफ्नो तर्क बोल्दै मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमको सभापति साथै टिम नेपो बुटवलका अध्यक्ष सुमन पोख्रेलले “यस अभियान यस  ठाँउमा मात्र नभएर  अबका दिनमा लुम्बिनी प्रदेशको थुप्रै जिल्लामा गई सबै महिलाहरुमा महिनावारीको बारे जनचेतना मुलक कार्यक्रममा संचालन गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उक्त कार्यक्रमको संचालन टिम नेपो बुटवलको सदस्य सिर्जना ज्ञवालीले गरेकी थिईन्।