फोरस्टारको साधारण सभा सम्पन्न

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमामा रहेको फोरस्टार बहुमुखी सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष रामलाल तिवारीको अध्यक्षता तथा सस्थापक अध्यक्ष चुरामणी भट्टराईको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीलाई उत्पादनको बाटोमा क्रियाशिल बनाउनु पर्ने धारणा राखेका थिए । शेयर सदस्य १४९६ रहेको सहकारीको कुल पुँजी ५५ करोड ६६ लाख रहेको सहकारीले २८ लाख ४९ हजार ५७० खुद मुनाफा गरेको लेखा संयोजक हरि पन्थले जानकारी दिनुभयो । उपाध्यक्ष शरद भट्टराईको स्वागत तथा ब्यवस्थापक अनिता बरालको संचालनमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार कुलप्रसाद लामिछाने, पुर्व अध्यक्ष राजकुमार पाण्डे, नेपाली कांग्रेस नेतृ् तथा शेयर सदस्य गंगा साही, नगर सभापति हरिलाल पाण्डे, नगर कोषाध्यक्ष जगत पौडेल, शेयर सदस्य पुनम पौडेल लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रममा जेष्ठ सदस्य कृष्णप्रसाद गौतम लगायत शेयर सदस्य मध्येका छोराछोरीमा एई्ईमा उत्कृष्ट नतिजा ल्याउने संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थी सन्ध्या बास्ताकोटी, किशोर टण्डन, आयुश पौडेल र युनिशा भण्डारीलाई समेत सम्मान गरिएको थियो ।