रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

रामवन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त सहकारीले पुस ४ गते वार्षिक साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न गरेको छ । सहकारी स्थानीय जनताको लगानी गरेर बनाएको संस्था भएकोले आफ्ना शेयर सदस्यको माग अनुसार कार्ययोजना बनाएर सहकारी अगाडि बढ्नु पर्ने राष्ट्रिय सहकारी बैंकका सञ्चालनक माधवराज देवकोटाले बताउनुभयो । अहिले पनि कतिपय सहकारीमा तानाशाही प्रवृति रहेकोले सहकारी ऐन अनुसार नीति नियममा रहेका कार्य गर्नु पर्नेमा देवकोटाले जोड दिनुभयो । संस्थाले हरेक गतिविधिलाई शेयर सदस्यको हितमा रही काम गर्नु पर्ने र संस्थाले कोही सदस्यलाई काख र कसैलाई पाख गर्ने प्रवृति अन्त्य गरि निष्पक्ष रुपमा संस्थालाई अगाडि बढाउनु पर्नेकुरामा शेयर सदस्य रमेश डुम्रे र पुनहरि बेल्बासेले बताउनुभयो ।

साधारणसभामा संस्थाका अध्यक्ष बाबुराम भण्डारीले अध्यक्षको प्रतिवेदन र संस्थाको इतिहासबारे प्रकाश पार्नुभएको थियो । सचिव खेमराज पाण्डेले सचिवको प्रतिवेदन र कोषाध्यक्ष डिल्लीराम गैरेले कोषको गतिविधि सहित प्रतिवेदन पेश गर्नुभएको थियो । कोभिड १९ का कारण विभिन्न शीर्षकमा दिइने सम्मान तथा पुरस्कारहरु १४ औँ साधारणभामा प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । संस्थाको पाँचौ अधिवेशनबाट भगवता भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा खेमराज पाण्डे, सचिवमा डिल्लीराम गैरे, कोषाध्यक्षमा मधुसुदन खनाल सहित सदस्यहरु निर्वाचित भएका छन् ।