संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम : नेपाली कांग्रेस

प्रकाशित मिति:

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको प्रतिक्रिया दिएको छ । सरकारले संसद बिघटनको सिफारिस गरे लगत्तै प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिदै प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए । संसद विघटन असंवैधानिक , अलोकतान्त्रिक र अराजनीतिक कदम हो । यसबाट प्रधानमन्त्री ओली र नेकपाले ठूलो राजनीतिक मूल्य चुकाउनुपर्छ । थप धारणा बनाउन पार्टीको बैठक बस्छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।