संसद् विघटनको प्रस्ताव संविधान विपरित : डा भट्टराई

प्रकाशित मिति:

पूर्वप्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद् विघटनको प्रस्ताव संविधान विपरित भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत विरोध जनाउँदै डा भट्टराईले यसलाई अलोकतान्त्रिक कदम भनेका छन्। उनले यसका विरुद्ध उभिन सबैलाई आह्वान पनि गरेका छन्।