प्रधानमन्त्रीओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगे

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका छन् । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनको सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रधानमन्त्री ओली सिफारिस लिएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेका हुन् । राष्ट्रपतिले सरकारले सिफारिस गरे अनुसार संसद विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ ।