उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई चारवटै सुरक्षा निकायको निर्देशन

प्रकाशित मिति:

मन्त्रिपरिषद्‍को बैठकले संसद् विघटनको नर्णय गरेसँगै चारै वटा सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएका छन्। सरकारको निर्णयसँगै आउन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजरी गरी उच्च सुरक्षा सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिइएको स्रोतले जानकारी दिएको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले संसद् विघटन गर्न राष्ट्रपति विद्यायदेवी भण्डारीलाई सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयले मातहतका सबै निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको मुख्यालय स्रोतले नेपाल लाइभलाईभ जानकारी दियो। सरकारबाट कुनै पनि निर्देशन आएको छैन। तर विघटनको सिफारिससँगै चुनौतीलाई दृष्टिगत गरी हामीले मातहतका निकायलाई उच्च सतर्कता निर्देशन दिएका छौं, मुख्यालय स्रोतले भनेको छ। यस्तै नेपाली सेनाले पनि उच्च सुरक्षा सतर्कता अपनाउन सबै पृतनापतिहरूमा निर्देशन जारी गरेको छ। सैनिक स्रोतले भनेको छ, सबै पृतनापतिलाई सर्कत रहन भनिएको छ। यस्तै गुप्तचर र सशस्त्र प्रहरीले पनि सुरक्षा सतर्कता अपनाउन निर्देशन गरेका छन्। नेपाल लाईभबाट साभार ।