संसद विघठनविरुद्ध केहीबेरमा कांग्रेसको प्रदर्शन, गगन थापाले सम्बोधन गर्दै

प्रकाशित मिति:

प्रतिनिधि सभा विघटनको विरुद्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रदर्शन गर्ने भएको छ । कांग्रेस काठमाडौंले अहिले राजधानीमा प्रदर्शन गर्न लागेको हो । नयाँ बानेश्वरमा अपरान्ह ४ बजे हुने प्रदर्शनलाई युवा नेता गगन थापाले सम्बोधन गर्ने कांग्रेसले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मात्र मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संसद् विघटन गर्ने सिफारिस गर्नुभएको थियो । पछि त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्नुभएको थियो ।