प्रधानमन्त्री ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका केही मन्त्रीहरूले सामूहिक राजीनामा दिने भएका छन्। एक मन्त्रीका स्वकीय सचिवले दिएको जानकारीअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर मन्त्रीहरू दिउँसो साढे ३ बजे सामूहिक राजीनामा दिन लागेका हुन्। उनीहरूले सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलन गरेर राजीनामा दिन लागेको बताइएको छ। रामबहादुर थापा, लेखराज भट्ट, वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बीना मगर, रामेश्वर राय यादव, योगेश भट्टराई र घनश्याम भुसाल ओलीइतरका मन्त्री हुन्।