अख्तियार प्रमुखमा प्रेमकुमार राई

प्रकाशित मिति:

५ पुस, काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राईलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्याएपछि ३० मंसिरमा बसेको संवैधानिक परिषद्ले प्रमुख आयुक्तमा राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको हो । स्रोतका अनुसार राष्ट्रपतिबाट संसद विघटनको सिफारिस सदर भएलगत्तै संवैधानिक निकायहरुमा नियुक्त गर्न सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको छ ।