सातजना मन्त्रीले दिए सामूहिक राजीनामा

प्रकाशित मिति:

पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् । पुष्पकमल दाहाल र माधव नेपाल समूहका मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

कृषिमन्त्री घनश्याम भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरीराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री विना मगर तथा श्रम तथा रोजगार मन्त्री रामेश्वर रायले राजीनामा दिएका हुन् ।