अक्सफोर्डले बुकलेश कक्षा संचालन गर्ने

प्रकाशित मिति:

झविन्द्र देवकोटा- बुटवल, ५ पुस । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड ईङ्गलिस माध्यमिक विद्यालयले संचालन गरेको अनलाईन कक्षा र त्यसपछि लिएको अनलाईन परीक्षा सफल भएको जनाएको छ । गएको बैशाख महिनादेखिनै जुम एम्सबाट अध्यापन गराउदै आएको अक्सफोर्डले अब्जेक्टीभ र सब्जेभ्टिभ दुबै माध्यमबाट लिएका परीक्षाहरु सफल भएको जनाएको हो । विद्यालयका प्रिन्सिपल दिनेश भुषालले संचारकर्मीसँग कुरागर्दै अनलाईन माध्यमबाट शुरु भएका कक्षाहरु पुर्ण रुपमा सफल भएको बताउनुभयो ।

उहाँले अनलाईन कक्षा र त्यसपछि असोज अन्तिममा भएका प्रथम त्रयमासिक परीक्षामा ९० प्रतिशत भन्दाबढी विद्यार्थी सहभागि भएको उल्लेख गर्दै अनलाईन परीक्षामा पनि फिजिकल जस्तै विद्यार्थीहरु सहभागि भएको बताउनुभयो । यसैबीच अक्सफोर्ड माध्यमिक विद्यालयले आईतबारदेखि फिजिकल रुपमा अर्धबार्षिक परीक्षा शुरु गरेको छ । वर्तमान परिस्थीतिलाई मध्यनजरगर्दै विद्यालयले स्वास्थ्य मापदण्ड पालना गरि परीक्षा संचालन गरेको हो । दुई कक्षादेखि दश कक्षासम्मका विद्यार्थीहरु सहभागि भएको परीक्षामा ९७ प्रतिशत विद्यार्थीहरु परीक्षामा सहभागि भएको प्रिन्सिपल भुषालले जानकारी दिनुभयो ।

उहाँले कोरोना कहरले शिक्षा क्षेत्रमा सुचना र प्रविधिको अधिकतम प्रयोग गर्ने अवसर विद्यार्थीले पाएको उल्लेख गर्दै नयाँ एप्स र सफ्टवेयरबाट विद्यालयका केही विषय बुकलेश बनाउने अभियानमा अक्सफोर्डले रहेको जानकारी दिनुभयो । अक्सफोर्डले अहिले कक्षा नर्सरीदेखि अनलाईन र कक्षा ६ देखि फिजिकल रुपमा एक बेन्चमा दुईजना विद्यार्थी राखेर कक्षाहरु संचालन गर्दै आएको सहायक प्रिन्सिपल मोहन क्षेत्रीले जानकारी दिनुभयो । क्रमश प्राथमिक तहदेखिनै फिजिकल रुपमै कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ ।

((