नवीन औधोगिक क.ब.रि.मा.बिधालयमा नवीन बिद्यार्थी क्लबको स्थापना अध्यक्षमा मधुसूदन नेपाल

प्रकाशित मिति:

मधुसूदन नेपाल- नवीन औधोगिक कदर बहादुर रिता माध्यमिक बिधालयको मातहतमा रहेर बिद्यार्थीहरुलाइ पढाईमा मात्रै नभई अबको दिनमा केही फरक तरिकाले बिद्यार्थीहरुलाइ अगाडि बढाउने उदेश्यले बिधालयमा “नवीन बिद्यार्थी क्लबको स्थापना भएको छ।

क्लबमा मनोनयन गरेको नयाँ कार्यसमिति अन्तर्गत अध्यक्षमा बिधालयको कक्षा १२ अध्यनरत छात्र मधुसूदन नेपाल , उपाध्यक्षमा कक्षा ११ अध्यनरत बाबुराम भट्टराई र महिला तर्फ बबिता तिवारी , सचिव रितिका मण्डल , सह(सचिव विकाश बस्याल ,कोषाध्यक्ष निशा परियार ,प्रबन्ध निर्देशक आयुसा ज्ञवाली , कार्यक्रम संयोजक कुशल न्यौपाने , सम्पादक विपना क्षेत्री पुरी र सदस्यहरुमा प्रभा कुवर ,रोशन थापा , कृसला श्रेष्ठ ,हेमन्त खनाल , गंगा रेग्मी र मनिस रसाइली गरि १५ सदस्यीय कार्यसमिति गठन गरेको छ।

साथै क्लबले आफ्नै बिधालयको शिक्षकहरु राखी एक संरक्षक एवम् बरिस्ठ सल्लाहकार सहित पाँच सल्लाहकारको सदस्य सहितको टोलि गठन भएको छ। संरक्षक एवम् बरिस्ठ सल्लाहकारको निम्ति बिधालयको प्राध्यापक प्रेमबहादुर बस्नेत र सल्लाहकारहरुमा व्यवस्थापन संकाय संयोजक अर्जुन खनाल , विज्ञान संकाय संयोजक लक्ष्मि नारायण चौधरी , सिभिल इन्जिनियर संकाय भिमराज खनाल साथै शिक्षक दिपक ज्ञवाली र राकेश अग्रहरी सहितको टोलि गठन गरेको छ।

पुस छ गते सोमबार भएको पदस्थापना कार्यक्रममा सभापतिको रुपमा नव निर्वाचित अध्यक्ष मधुसूदन नेपाल, प्रमुख अतिथिको रुपमा बुटवल उपमहानगरपालिका वडा नं।११ का अध्यक्ष रामचन्द्र क्षेत्रीको, विशिष्ट अतिथि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण खरेल र बिधालय प्राध्यापक प्रेमबहादुर बस्नेत साथै अतिथिको रुपमा बिधालय शिक्षक अर्जुन खनाल , दिपक ज्ञवाली , लक्ष्मि नारायण चौधरी , भिमराज खनाल , बिष्णु पन्थी र राजन अधिकारि र नवीन बिद्यार्थी क्लब परिवार एवम् बिधालयको कक्षा ११ को बिद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

 

सोही कार्यक्रममा बोल्दै क्लबकी सदस्य वर्षा आचार्यले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै क्लबको बारेमा छोटो जानकारी दिदै स्वागत मन्तव्य राख्नु भएको थियो । मन्तव्यकै क्रममा सल्लाहकारको प्रतिनिधि गर्दै नव निर्वाचित सल्लाहकार दिपक ज्ञवालीले बिधालयमा बिद्यार्थीहरुलाइ अगाडि बढाउन एउटा अध्यन मात्रै नभई उनिहरुलाइ अतिरिक्त क्रियाकलापमा पनि उतिकै अगाडि बढाउनको निम्ति क्लब स्थापना गरेकोमा धन्यवाद व्यक्त गर्दै नव निर्वाचित सदस्यहरुलाइ बधाई तथा शुभकामना दिनु भएको थियो। मन्तव्यकै क्रममा बिधालय प्राध्यापक प्रेमबहादुर बस्नेले बिद्यार्थीहरुले चालेको उक्त कदमलाई बिधालय एवम् सम्पुर्णको तर्फबाट सुझाव सल्लाहकार साथै सहयोग गर्ने बताउनु भएको छ।

 

मन्तव्यमा बोल्दै बिधालय ब्यबस्थापन समितिका अध्यक्षले बिधालयमा बिद्यार्थीहरुको क्लबले केही फरक परिवर्तन ल्याउने आशा व्यक्त गर्नु भएको छ। नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक बिधालय बुटवलको एक उत्कृष्ट बिधालयमा बिद्यार्थीहरु आफैले प्रतिनिधि गर्दै आफुलाइ अगाडि बढाउन लागेको र अध्यनको हिसाबले सधै अगाडि रहेको सामुदायिक बिधालयमा अब बिद्यार्थीहरुलाइ विभिन्न माध्यममा अगाडि बढाउन यस क्लबले मुख्य भुमिका खेल्ने छ । बिधालय एवम् यस क्लबमा आफुले गर्नु पर्ने सहयोगको लागि सधै तयारी हुनेछु । प्रमुख अतिथिल रामचन्द्र क्षेत्री ।

सोही कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति साथै क्लबका नव निर्वाचित अध्यक्ष मधुसूदन नेपालले  हरेक बिधालयमा एउटा बिधालय क्लब हुनुपर्नेछ , बिद्यार्थीलाई हरेक क्रियाकलापमा अगाडि बढाउन अहिले आवश्यक भएको बताउनु भयो। सधै अध्यनको हिसाबले अगाडि रहेको बिधालयमा केही फरक तरिकाले किताबमा मात्रै नभई बिद्यार्थीहरुलाइ ज्ञान , सीप ,क्षमता र नेतृत्व विकासको निम्ति र एक बिद्यार्थीले कसरी बिधालयलाई अगाडि लैजान सक्छ भने उदेश्यले क्लबको नीति नियमा बसि आफ्नो कार्यकाल सम्म थुप्रै कार्यक्रम गर्ने बताउनु भयो । कार्यक्रममा नव निर्वाचित कार्यसमिति टोलीलाई सम्मान एवम् बधाई दिदै प्रमाणपत्र र ब्याज पर्दान गर्दै कार्यक्रमको संचालक क्लब सचीव रितिका मण्डलले गर्नु भएको थियो ।

 

कार्यसमिति नामावली २०७७/०७८