नबिल बैंकले ३५: २६ प्रतिशत लाभांश दिने

प्रकाशित मिति:

काठमाडौं । नबिल बैंकले सेयरधनीलाई ३५।२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । पुस ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को नाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ३३।५ प्रतिशत बोनस सेयर र १।७६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको उक्त निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।