कालिका मानवज्ञानको वार्षिक उत्सव सम्पन्न, पत्रकार देवकोटा र परियार सम्मानित

प्रकाशित मिति:

रुपन्देहीका पत्रकार विनोद परियार र झविन्द्र देवकोटा बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयमा सम्मानित भएका छन् । विद्यालयको ६० औं वार्षिकोत्सवका अवसरमा परियारलाई भिमबहादुर श्रेष्ठ, फुलमाया श्रेष्ठ अध्यकोष तथा देवकोटालाई स्व अरुण पौडेल स्मृती अक्षयकोषबाट सम्मान गरिएको हो । विद्यालयको शैक्षिक गतिविधि लगायतका शैक्षिक क्षेत्रमा कलम चलाएको भन्दै विद्यालयले दुबै जनालाई समान ८ हजार नगद राशीको पुरस्कारले सोमबार सम्मान गरेको हो । अक्षयकोषका संरक्षक श्याम पौडेलले पत्रकार देवकोटालाई पुरस्कार राशी हस्तान्तरण गरेका थिए भने परियारलाई विद्यालयका अध्यक्ष होमबहादुर गलामीले पुरस्कार राशी प्रदान गरेका थिए ।