महिला खेलाडीको प्रोत्साहनका लागि छात्रबृत्तिको ब्यवस्था मिलाउने

प्रकाशित मिति:

तोलाकान्त बगाले-वालिङ, ७ पुस । वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको प्रोत्साहनका लागि छात्रबृत्तिको ब्यवस्था मिलाउने भएको छ । वालिङ नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पसहरुसँग समन्वय गरी छात्रबृत्तिको ब्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“महिला फुटबलमा निक्कै संभावना बोकेको वालिङका महिला खेलाडीहरुलाई खेलसँगसँगै उनीहरुको शैक्षिक योग्यतालाई पनि मध्यनजर गर्दै छात्रबृत्तिको ब्यवस्था मिलाउने तयारी गरेका छौं” नगर प्रमुख खाँणले भन्नुभयो, “जसले गर्दा खेलसँगै अध्ययन पनि राम्रो हुने र थप आर्थिक बोझ पर्ने छैन । वालिङका महिला खेलाडीहरुले विगतमा भएका विभिन्न प्रतियोगिताहरुमा वालिङको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको छ जसले नगरको गरिमालाई उचाई पु¥याएको नगर प्रमुख खाँणको भनाई थियो । वालिङ नगरपालिकाले फुटबल खेलको विकास र खेलाडीहरुको आन्तरिक प्रतिभालाई प्रष्फुटन गराउनका लागि प्रतिबद्ध भएर लगानी गरेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “खेलकुदका क्षेत्रमा गरिएको खर्च, खर्च नभई लगानी हो भोलिका दिनमा पक्कै पनि प्रतिफल प्राप्त हुने छ ।”

नगरपालिकाले महिला खेलकुदको विकासका लागि वालिङकै खेलाडी दिलीप थापालाई प्रशिक्षककोरुपमा करारमा नियुक्ति गरेको छ ।वालिङको महिला फुटबल टिमले यसअघिका प्रतियोगिताहरुमा सहभागिता जनाउँदै राष्ट्रिय स्तरमै उत्कृष्ट प्रदर्शन गर्दै आईरहेकाले आगामी लिगमा सर्वोत्कृष्ट बन्नका लागि आवश्यक रणनीति अपनाउन कुनै कञ्जुस्याई नगर्ने उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।महिला खेलाडीहरुले आँफूले अध्ययन गर्दै आईरहेको विद्यालय÷क्याम्पस उल्लेख गरी छात्रबृत्तिका लागि नगरपालिका कार्यालयमा निवेदन दिएपछि छात्रबृत्तिको प्रक्रिया थालिने उपप्रमुख तिवारीले बताउनुभयो । नगरपालिकाले आगामी लिगलाई मध्यनजर गर्दै अन्य विदेशी खेलाडीहरु अनुबन्ध गर्ने तयारी गरेको बताउनुभयो ।वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीहरुको क्षमता विकासमा अग्रसरता देखाएर खेलाडीहरुमा उर्जा थपेको अखिल नेपाल फुटबल संघ महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले बताउनुभयो ।

वालिङ नगरपालिका सकारात्मकरुपमा खेलाडीको हितमा उभिएकाले पनि यहाँका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थान बनाउन सकेको अध्यक्ष लामाले बताउनुभयो ।वालिङका महिला फुटबल खेलाडीहरुले विभिन्न उमेर समूहमा राष्ट्रिय टिममा सहभागी भएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा समावेश भईसकेका छन् ।आगामी माघ ७ गतेबाट काठमाडौंमा हुने महिला फुटबल लिगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका विभागीय टिम तथा वालिङ नगरपालिकासहित अन्य तीन टिमहरु प्रतिस्पर्धामा उत्रदै छन् । वालिङमा मंगलबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा एन्फा महिला फुटबल समितिका सदस्य एवं ओलम्पिक पदक बिजेता खेलाडी संगिना बैद्य, एन्फा केन्द्रीय सदस्य एलबी ज्वारचन, एन्फा स्याङ्जाका अध्यक्ष मुक्तबहादुर राना, उपाध्यक्ष ताराबहादुर गुरुङ ९शम्शेर० महासचिव भीमप्रसाद पंगेनी, फुटबल प्रशिक्षक दिलिप थापा लगायतले फुटबल खेलको संभावना र चुनौतिकाबारेमा धारणा ब्यक्त गर्नुभएको थियो । यसैबीच लामा र बैद्यलाई मंगलबार वालिङ नगरपालिकामा स्वागत गरिएको थियो । उहाँहरुलाई नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित जनप्रतिनिधि तथा कर्मचारीले स्वागत गर्नुभएको हो ।