काकीसंग अबैध यौन सम्बन्ध राखेको भन्दै लोधको हत्या आफ्नै काका द्वारा भएको खुलासा

प्रकाशित मिति:

७ पुस,रुपन्देही-गत मंसिर १७ गते अज्ञात रुपमा हत्या गरिएका गैडहवा गाउपालिका वडा नं. ६,रुपन्देहीका दिनेश लोधलाइ यौन प्रकरणका कारण निजको काका द्वारा हत्या गरिएको खुलासा भएको छ । २६ बर्षिय लोधलाई हत्या गरि रामापुर लुम्बिनी सडक खण्ड अन्तर्गत गुलहरिया चोक देखि करिब १ कि.मी. दक्षिण सोही सडककै किनारमा रहेको परालको टौवामा फालिएको स्थानियहरुले देखेका थिए।

पीडित पक्षले दिएको किटानी जाहेरी तथा पोष्ट मार्टम रिपोर्ट र घटना मिती देखि निजको काका धर्मकरन लोध फरार भएको प्रमाणका आधारमा हत्या गरिएको खुलासा भएको हो । मृतक लोध आफनै काकी सँग सल्किएको आरोपमा काका लोधले काकीलाई मोबाईल फोन गर्न लगाई गाँउ बाहिर बोलाए पछि पछाडीबाट अध्यारोमा पाईप रिन्चले कन्चटमा प्रहार गरि गम्भीर घाईते बनाई लुम्बिनी कालोनी सडक छेउमा फालेर भारततिर फरार भएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।

फरार लोधलाई पक्राउ गरी आवस्यक कार्वाहीका लागि ब्यापक खोजी भईरहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिएका छन। तर यता पिडित परिवारले भने हतयाको सम्पुण आधार र तथा प्रमाणहरु फेला पारे पनि अहिले सम्म हत्यारालाई पक्राउन गर्न नसकेको आरोप छ ।