नेविसंघले गर्यो प्रधानमन्त्रि र राष्ट्रपतिको पुत्ला दहन

प्रकाशित मिति:

संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ रुपन्देहीले विरोध प्रदर्शन गरेको छ । संघले मंगलवार जिल्लाको तिलोत्तमा २, शंकरनगर चोकमा प्रधानमन्त्रि केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला जलाई प्रदर्शन गरेको हो । प्रदर्शनमा विद्यार्थीले शंख फुकी नारा लगाउंदै पुत्ला दहन गरेका थिए । प्रदर्शन पश्चात आयोजित सभामा बोल्दै नेपाल तरुण दल तिलोत्तमाका सभापति खेम क्षेत्रीले प्रधानमन्त्रिले गरेको असंवैधानिक निर्णयले देश धरापमा परेको बताए ।

‘जनताले लडेर स्थापना गरेको लोकतन्त्र धरापमा पर्यो, उनले भने, ‘प्रधानमन्त्रिलाई साथ दिने राष्ट्रपति समेतले देशप्रति घात गरेकी छन् ।’ त्यस्तै, नेपाल विद्यार्थी संघ रुपन्देहीका पुर्व सभापति सन्तोष डिसिले सरकारले भ्रष्टाचार लुकाउन नसकेका कारण लोकतन्त्र धरापमा पार्नेगरी कदम चालेको बताए । प्रधानमन्त्रिले चालेको कदमको नेपाल विद्यार्थी संघले आन्दोलन मार्फत विरोध गरिरहने भन्दै उनले कम्युनिष्ट शासन देशबाट हट्नैपर्ने बताए । कार्यक्रम नेविसंघका पुर्व जिल्ला सभापति सन्तोष डिसीको संयोजनमा भएको थियो ।