कोरोना संक्रमणबाट विश्वमा एकैदिनमा १३ हजार बढीको मृत्यु

प्रकाशित मिति:

विश्वमा कोरोना संक्रमणबाट एकैदिनमा १३ हजार बढीको मृत्यु भएको छ । वल्र्डोमिर्टसका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यो सँगै अहिलेसम्म विश्वमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७ लाख २२ हजार ८३७ पुगेको छ । बितेको २४ घण्टामा ६ लाख ४ हजार ८०१ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ८३ लाख ४६ हजार २७६ पुगेको छ । संक्रमितमध्ये २ करोड १५ लाख १२ हजार ७२ जनामा सक्रिय संक्रमण छ । उनीहरुमध्ये १ लाख ६ हजार ३८२ जनाको स्वास्थ्य अवस्था गम्भीर छ । अहिलेसम्म ५ करोड ५१ लाख ११ हजार ३७० जनाले कोरोनालाई जितेका छन् । संक्रमित राष्ट्रको सूचीमा अमेरिका सबैभन्दा माथि छ ।