कोरोना भाइरसका कारण नेपाल बेलायतबाट नेपाल आउने नागरिकलाई रोक

प्रकाशित मिति:

कोरोना भाइरसका कारण नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउने नागरिकलाई रोक लगाएको छ। बेलायतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै प्राधिकरणले बेलायतबाट नेपाल आउने नागरिकलाई रोक लगाएको हो । बेलायतबाट आउने वा ट्रान्जिट भएर आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो। अर्को सूचना नभएसम्मका लागि यो निर्णय लागू हुने प्राधिकरणले जनाएको छ ।