लोकतान्त्रिक संविधान कुल्चेर गरिने निर्वाचनले कसरी लोकतन्त्रको रक्षा गर्छ ?

प्रकाशित मिति:

मोहन प्रसाद पाण्डेय- संविधान सभा सदस्य- प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र अविवेकपुर्ण निर्णयपछि मुलुकको राजनीतिक र संवैधानिक अवस्था गम्भीर संकटपुर्ण चरणमा प्रवेश गरेको छ। यो परिस्थितिमा नेपाली कांग्रेसका सामु थप चुनौती र जिम्मेवारी थपिएका छन् संविधानसभाले निर्माण गरेकोे संविधानको पुर्ण रक्षा गर्दै राजनीतिक स्थिरता र सम्पन्नताको जग बसाल्नु पहिलो कर्तव्य हो। संविधान सबैको साझा भएकोले संविधानको रक्षा गर्न चाहने सबैसँग मिलेर यो संविधान माथिको प्रहार लाई पराजित गर्नु पहिलो दायित्व हो हामीले त्यो गर्न सकेनौं भने प्रतिगमनको यात्राले वैधानिकता प्राप्त गर्नेछ र भोलिका समयमा राजनीतिक अस्थिरता बढ्नेछ र यो देशको सम्पन्नता कल्पनामा सीमित हुनेछ ।हाम्रा केही साथीहरू निर्वाचन मात्र लोकतन्त्र ठानेर आफ्ना धारणा सार्वजनिक गर्नु भएको छ तर लोकतान्त्रिक संविधान कुल्चेर गरिने निर्वाचनले कसरी लोकतन्त्रको रक्षा गर्छ रु प्रधानमन्त्रीको यो कदमले पार्ने दूरगामी राजनीतिक र संवैधानिक प्रभावका बारेमा सोच्न जरुरी छैनरु लोकतान्त्रिक संविधानको धारामा टेकेर गरिने निर्वाचनले मात्र मुलुकलाई स्थिरता दिनेछ।

हाम्रो संविधान ले निरंकुश प्रधानमन्त्रीको परिकल्पना गरेकोे छैन।हामीले प्रतिनिधिसभा को विघटनलाई राजनीतिक र संवैधानिक रुपले अनुमोदन गर्यौ भने त्यो नजिर हामी सवैकालागि र सधैंका लागि घातक हुनेछ । भोलिका निर्वाचनमार्फत स्थापित हुने प्रतिनिधिसभामा लोकतान्त्रिक अभ्यासका लागि ठेस पुग्नेछ ।प्रतिनिधिसभा बाट निर्वचित प्रधानमन्त्रीले आफू हट्नु परे प्रतिनिधिसभा नै विघटन गरिदिने छन् आजको नजिर भोलिका लागि कति घातक होला कल्पना गरौ । हो हाम्रो लागि निर्वाचन जित्ने अवसर छ तर नेपाली कांग्रेस जस्तो ऐतिहासिक भुमिका निर्वाह गरेको पार्टीको प्रमुख काम संविधान को रक्षाका साथ लोकतन्त्र मजबुत पार्दै हुने निर्वाचनमा अत्यधिक बहुमत प्राप्त गरि कुशलता पुर्बक राज्य संचालन गर्ने हो तर निर्वाचन जित्नका लागि मात्र गैरसंवैधानिक बाटो अवलम्बन गर्दा हाम्रो अभिभावकिय भुमिका पूरा होला रुतसर्थ प्रधानमन्त्री र राष्ट्रपति को गैरसंवैधानिक कदमलाई पराजित गर्न सबैको साथमा समाधान निकाल्नुमा नै हाम्रो पार्टी ,लोकतन्त्र र मुलुकको सम्पूर्ण रुपले हित हुने भएकोले सबैलाई हातेमालो गर्न आग्रह गर्दछु ।

(लेखक नेपाली कांग्रेसका युवा नेता , संविधानसभा सदस्य मोहन प्रसाद पाण्डेय विघटीत प्रतिनीधी सभाको सदस्य हुनुहुन्र्थो । यो लेख उहाकै फेसबुक पेजवाट साभार गरीएको हो ।)