नेपाल बैंकले पनि पुस २९ मा डाक्यो एजीएम, १६५ लाभांश वितरण गर्दै

प्रकाशित मिति:

काठमाडौं : नेपाल बैंकले पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामार्फत १६५ लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ । बैंकले गत वर्षको नाफाबाट १२५ बोनस सेयर र ४५ नगद गरी कुल १६५ लाभांश वितरण गर्न लागेको हो । यस्तै, सर्वसाधारण समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा लैजानेछ । साधारण सभा बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । बैंकले भर्चुअल माध्यमबाट सभामा सहभागी हुन सेयरधनीहरुलाई आग्रह गरेको छ ।

साधारण सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ । पुस १५ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् । हाल नेपाल बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २०० रुपैयाँ छ । प्रस्तावित लाभांश वितरणपछि पुँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ पुग्नेछ ।