नबिल बैंकको बुक क्लोज मिति तय

प्रकाशित मिति:

काठमाडौं : नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३५.२६% लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको ३३.५% बोनस सेयर र बोनसमा लाग्ने करसहित १.७६% नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।

बैंकको अधिकृत पुँजी वृद्धि गरी १४ अर्ब पुर्याउने, बैंकको प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पारित गरिने भएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बैंकले जनाएको छ ।

लाभांश वितरण तथा सभा प्रयोजनका लागि बैंकले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १४ गतेसम्म सेयर खरिद गर्ने लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् ।