बुटवल स्थित कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु

प्रकाशित मिति:

रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला, कालिगण्डकी गाउंपालीका ५ का ७२ वर्षीय पुरुष रहेका छन् । गत मंसिर २६ गते पाजेटिभ नतिजा आई पुष ४ गते अस्पताल भर्ना भएका उनको बुधवार मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा विष्णु गौतमले बताए ।