नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने

प्रकाशित मिति:

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो । बैठकले राष्ट्रिय मेलमिलाप दिवसका दिन पुस १६ गते देशभर विरोध प्रदर्शन गर्ने बिषयमा टुङ्गो लागेको बैठकमा सहभागी एक नेताले बताए । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको विरुद्ध आन्दोलन गर्ने प्रस्ताव गरेका थिए । बैठकमा बोल्ने नेताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम निरंकुशतातर्फ उन्मुख रहेको बताएका थिए। बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुंगाना र बलबहादुर केसीले आआफ्नो धारणा राखेका थिए । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार अन्दोलनको मोडालिटीका बिषयमा भने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।