दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता २०७७ विहिबारदेखि बुटवलमा हुने

प्रकाशित मिति:

दोस्रो रुपन्देही खुल्ला फुटसल प्रतियोगिता २०७७ विहिबारदेखि बुटवलमा हुने भएको छ । फूलबारी गाईजको आयोजनामा हुने दुई दिने प्रतियोगिताको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलन गरि आयोजकले बताएको हो । लुम्बिनी फुटसल एरिया योगिकुटीमा हुने प्रतियोगितामा मुग्लिङ, पाल्पासहित जिल्लाका उत्कृष्ट १८ टिमको सहभागिता रहने संयोजक सुशील तामाङले बताए । प्रतियोगिताको उपाधि विजेताले नगद ५५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र तथा उपविजेता टिमले नगद २५ हजार, मेडल, ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई समेत पुरस्कार गरिने उनले बताए । विहिबार उद्घाटन खेल लाफा एफसी, बुटवल र हिमालय गोर्खा एफसी, खैरेनी का बिचमा हुने छ । क्लबका अध्यक्ष शिव रानाले खेलकुदको माध्यमबाट युवाहरु बिचमा भातृत्ब र एकता कायम गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागेको बताए ।