नेपालमा नै बन्यो यती ब्राण्डको सुरक्षीत हेलमेट र लेगगार्ड

प्रकाशित मिति:

नेपालमा नै यती ब्रान्डका आइएसओ सर्टिफाइड हेलमेट तथा लेगगार्ड उत्पादन भएको छ । मयूर स्टील इन्डष्ट्रिले यती ब्रान्डका हेलमेट तथा लेगगार्ड बजारमा विक्री सुरु गरेको हो , बुटवलमा रहेको व्यवसायीक घराना आवास ग्रुपले हेलमेट तथा मोटरसाइकल लेगगार्ड उत्पादन गर्दै आएको हो । कम्पनीले यहि दशैबाट आफ्नो उत्पादन सुरु गरेको थियो ।

कम्पनीले अहिले हाफ हेल्मेट उत्पादन गरिरहेको छ । अब छिट्टै नयाँ फुल हेलमेट समेत बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ । त्यसैगरि कम्पनीले सबै ब्रान्डका मोटरसाइकलमा लाग्ने लेगगार्ड समेत उत्पादन तथा विक्री गरिरहेको छ ।

यती ब्रान्डका हेलमेट १ हजार १०० देखि २ हजार ८०० रुपैयाँसम्मको मूल्यमा किन्न पाइन्छ । त्यस्तै लेगगार्डको मूल्यपनि १ हजार १०० देखिका २ हजार १०० रुपैयाँसम्ममा किन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले निकट भविष्यमा नै ३ मोडलका नयाँ फुल हेलमेट बजारमा ल्याउने तयारी थालेको छ । फुल हेलमेटको मूल्य २ हजार १०० देखि ३ हजार २०० सम्म हुने कम्पनीले जनाएको छ । मयुर स्टील इन्डष्ट्रिले विगत ३ बर्ष अघिदेखि लेगगार्ड उत्पादन गर्दै आएको थियो । आवास ग्रुपमा हाल ३ हजार भन्दा धेरै कर्मचारी कार्यरत छन् भने ग्रुप अन्तर्गतको मयुर स्टीलमा १५० भन्दा धेरै कर्मचारी रहेका छन् । २५ करोडभन्दा बढि लगानी रहेको कम्पनीको हरेक दिन ७०० हेलमेट र १ हजार लेगगार्ड उत्पादन क्षमता रहेको छ । कम्पनीले निकट भविष्यमा नै १ हजार यूनिट हेलमेट उत्पादन हुनेगरि आफ्नो क्षमता वृद्धि गर्ने जनाएको छ ।