खेल प्रशिक्षक हरिश ओली सम्मानित

प्रकाशित मिति:

सबलपोष्ट , बुटवल । कालिका मानव ज्ञान माविका खेल शिक्षक हरिष ओली सम्मानित भएका छन् । विद्यालयको ६० औं वार्षिकोत्सवको अवसरमा खेलकुदका विभिन्न विधामा उत्कृष्ट प्रशिक्षणमार्फत विद्यालयको प्रतिष्ठा उचो बनाएको मूल्याङकनस्वरुप उनलाई विद्यालयले सम्मान गरेको हो । ओलीलाई ‘डाइनामिक उत्कृष्ट प्रशिक्षक’ का रुपमा नगद र प्रमाणपत्रसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम गलामीले सम्मान गरेका हुन् । दुई वर्षअघिदेखि कालिका मान ज्ञान माविको खेल प्रशिक्षकका रुपमा काम गर्न थालेका उनले गत वर्ष विद्यालयलाई जिल्लास्तरीय रनिङ शिल्डको उपाधि दिलाएका थिए ।

खेल प्रशिक्षक ओलीले विद्यालयमा सांगीतिक पिटी समेत खेलाउन शुरु गरेर राष्ट्रियस्तरमा चर्चा बटुलेका थिए । गंगादेव गाउँपालिका–६ रोल्पामा जन्मेका ओली भारतको हिमालच प्रदेशको सिम्लामा हुर्के–बढेका र पढेका हुन् । स्नातक तहसम्म अध्ययन गरेका ओलीले भारतबाट फर्केपछि आफ्नै गाउँको जीवनज्योति माविमा पढाउंदा नै पिटी सिकाउन थालेका हुन् । ओली कुनै एउटा खेलकुदमा मात्र नभई एथलेटिक्स,भलिबल,फुटबल लगायत करिब एक दर्जन खेलका अब्बल प्रशिक्षक हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होम गलामी खेलकुद प्रशिक्षक ओली वहुआयामिक प्रतिभाका धनी र अत्यन्त गतिशील व्यक्ति भएको र उनबाट विद्यार्थीले धेरै कुरा सिक्ने बताउंछन् । विद्यालयले गरेको सम्मानले खेल क्षेत्रमा अझै धेरै योगदान गर्न थप जिम्मेवार बनाएको प्रशिक्षक ओली बताउंछन् ।

देशकै सर्वोत्कृष्ट कालिका मानव ज्ञान माविमा आएर पनि सांगीतिक पिटी शुरु गरेका उनले विद्यालय तहमा सांगीतिक पिटीलाई देशभर बनाउने लक्ष्य लिएका छन् । उनले करिब सय वटा विद्यालयमा पिटी सिकाइसकेका छन् । उनी भन्छन्, ‘देशभरका सबै विद्यालयमा सांगीतिक पिटी सिकाउने लक्ष्य छ । त्यो अभियानमा म लाग्छु ।