गिरिजाप्रसाद कोईराला फाउण्डेशन अमेरिका द्वारा संसद विघटनको घोर भर्त्सना

प्रकाशित मिति:

अमेरिका । नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र नेपाली कांग्रेस विदेश समितीको भावी योजना एवं कार्यदिशाको बारेमा गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते संसद विघटन गरेको प्रति घोर भर्त्सना गर्नुका साथै अधिनायकवादी, सर्वसत्तावादी,निरंकुश र स्वेच्छाचारी कदमबाट लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्थाको अपहरण गरेको छलफल मार्फत निष्कर्ष निकालेको छ।

जनताको लामो संघर्ष, त्याग र बलिदानीबाट आएको संविधान कुल्चेर प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेपालको राजनीति गम्भीर मोडमा पुगेको छ। अब देश विदेशमा रहनु हुने सबै लोकतन्त्रवादीहरु संविधान र प्रजातन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने बेला आएको छुु,फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले बताए। उनले भने प्रधानमन्त्रीले यो कदम घोर निन्दनीय, आलोकतान्त्रिक र असंवैधानिक छ र उनको कदम विरुद्ध सशक्त प्रतिरोधको विकल्प छैन । नेपाली कांग्रेस पार्टीमा दुख र पसिना बगाएका इमानदार कार्यकर्ताहरुको ठुलो हिस्सा हाल विदेशमा रहेका छन। विदेश स्थित जनसम्पर्क समितिको विवादास्पद गतिविधि प्रति असन्तुष्ट भएर तटस्थ बसेका लाखौ नेपाली कांग्रेसका नेपाली नागरिक तथा गैरनागरिक कार्यकर्ताहरुलाई कसरी एकिकृत गरी दुख, सुखको सारथी बन्ने भन्ने विषयमा पनि छलफल भएको फाउण्डेसनले जनाएको छ ।

नेपाली कांग्रेस पार्टीको आस्था र विचारलाई अवलम्बन गरी प्रजातान्त्रिक समाजवादमा विश्वास राख्ने आम कार्यकर्ता तथा जनसमुदायहरुलाई नेपाली कांग्रेस विदेश समितिमा सहभागी गराई सबैको सरकारी, गैह्रसरकारी र व्यक्तिगत हकहितको लागी एकतावद्ध भएर लाग्ने निर्णय फाउण्डेशले गरेको छ । छलफल कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सोमनाथ घिमिरे,उपाध्यक्ष सुवर्ण लामा,नेपाली कांग्रेस सोलुखुम्बुका युवा नेता बिजय कुमार थुलुङ, सिन्धुपाल्चोकका युवा नेता ज्ञानल थापा, बाँकेका नेता दिपक रेग्मी र तनहुँका राम वहादुर केसी लगायतको उपस्थिति रहेको थियो।

 

थप समाचार