व्यवसायिक यौन शोषणविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

माइती नेपाल भैरहवाको आयोजनामा भानु माध्यमिक विद्यालय सिद्धार्थनगरमा व्यवसायिक यौन शोषणविरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ८, ९, १० का १५ जना छात्रा र ५ जना छात्रलाई बालबालिकामाथि हुने व्यवसायिक यौन शोषणविरुद्ध अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमले आफुहरुलाइ सचेत रहन प्रेरणा मिलेको र आफुले सिकेको कुरा साथी, घरपरिवार र समाजमा बताउने सहभागी विद्यार्थीहरुले बताएका छन । प्रधानाध्यापक मोतिलाल सुवेदीले विद्यालयस्तरमा छात्राछात्रलाई व्यवहारिक विषयका कार्यक्रमहरु अति आवश्यक रहेको भन्दै समय समयमा यस्ता कार्यक्रमहरु ल्याउनुपर्ने बताए ।

सहभागीहरुलाई उक्त विषयसंग सम्बन्धित भिडियो समेत देखाइएको थियो । पछिल्लो समयमा बालबालिकाहरुमााथि व्यवसायिक यौन शोषणका घटनाहरु विभिन्न किसिमका चुनौतीहरु आएको हुनाले यस्तो कार्यक्रम गरिएको माइती नेपाल भैरहवाका संयोजक माया क्षेत्रीले बताइन् । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई ज्ञान सम्बन्धी प्रश्नावली सोधेर उत्कृष्ट प्रथम द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।