संसद पुन: स्थापना हुनुपर्छ : केसी

प्रकाशित मिति:

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद पुनःस्थापनाको माग गरेका छन् । रिपोटर्स क्लब लुम्बिनीले विहिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै केसीले आफ्नो पार्टीको गुटगत स्वार्थ, व्यक्तिगत महत्वकांक्षा र सत्ता लिप्साका कारण दलहरुले पटक पटक जनतालाई विश्वासघात गर्ने गरेको आरोप लगाए ।संसद विघटन गर्ने असंवैधानिक निर्णयले मुलुक र गणतन्त्रलाई धरापमा पारेको बताउँदै उनले संसद पुनःस्थापनाको माग गरे । संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा गएपछि सबैको आँखा त्यतातर्फ गएको बताउँदै उनले पक्षमा फैसला हुनु पर्नेमा जोड दिए ।

आफ्नो पार्टीको गुटगत स्वार्थ, व्यक्तिगत महत्वकांक्षा र सत्ता लिप्साका कारण दलहरुले जनतालाई विश्वासघात गर्ने गरेको आरोप लगाए । अहिले देशको स्वाधिनता रक्षाका लागि प्रजातन्त्रवादी शक्तिहरू र गणतन्त्रवादी शक्तिहरु एक हुनु पर्ने बेला भएको बताउँदै उनले देशलाई नै संकटमा पार्ने गरी प्रधानमन्त्री ओलीले गरेको निर्णय गतल भएको उल्लेख गरे ।