कांग्रेसले पुस १३ गते देशभर प्रदर्शन गर्ने

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशभर आन्दोलन गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद विघटनको विरोधमा पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

कांग्रेस नेताहरुले संसद विघटनको विरोधमा सडकमा उत्रिनुपर्ने धारणा राखेका थिए । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै नेपाली कांग्रेसले प्रदर्शन गर्ने निर्णय गरेको हो ।