आफुसंग चुनाव लड्न आउन रामचन्द्रको केपी ओलीलाई चुनौती

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूले पाँचपल्ट चुनाव जितेको भन्दै केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताएका छन् ।

पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजन च्यानलमा दिएको अन्तर्वार्ताप्रति आपत्ति जनाउँदै उनीसँगै नै चुनाव लड्न तयार भएको बताए । “म पाँचपल्ट चुनाव जितेको मान्छे हुँ उनले भने, “अबको चुनावमा केपी ओलीसँगै लड्न तयार छु ।