ढाका कपडा बुनाई तालिम सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल, बर्दघाट नगरपालिका वार्ड नं १४ वार्ड कार्यालयको आयोजना र शशि ढाका कपडा उधोग बर्दघाट १४ चौपत्ताको प्राविधिक सहयोगमा संचालित ३ महिने लधु उधम ढाका कपडा बुनाई तालिम को समापन एवं प्रमाणपत्र वितरण तथा प्रविधि हस्तान्तरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । बर्दघाट वार्ड नं १४ का वार्ड अध्यक्ष केशब बहादुर खत्रीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल को प्रमुख आतिथ्यता एवं उपप्रमुख माया देवी पौडेलको बिशेष आतिथ्यतामा बोल्दै प्रमुख अतिथि बस्यालले सिप लिएर मात्र खुम्चियर बस्न नहुने ,सिपलाई ब्यबहारत लागु गर्नुपर्ने बताउदै नगरपालिकाले नगरवासीलाई स्वरोजगार र व्यवसायीमुखी बनाउन विभिन्न योजनाहरु अघी सारेको बताउनु भयो ।

सोही कार्यक्रममा बोल्दै बिशेष अतिथि उप प्रमुख पौडेलले महिलाहरु पनि सिपयुक्त भई स्वदेश मै रोजगारी सिर्जना गरी आय आर्जन तर्फ उन्मुख हुनु पर्ने बताउदै त्यसका लागी स्वरोजगार तर्फ उन्मुख हुने महिलाहरुलाई नगरपालिकाले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा वार्ड नंं १४ का वार्ड सदस्य टेक नारायण नवलपुरीया वार्ड सदस्य बुद्धिमाया सुनार लगायत जन प्रतिनिधि ,प्रशिक्षर्थी र स्थानिय वासी हरुको सहभागिता रहेको थियो भने प्रशिक्षार्थी लाई ३ थान ढाका बुन्ने तान समेत हस्तान्तरण गर्दै प्रमाणपत्र समेत प्रदान गरिएको थियो । वार्ड सदस्य बुद्धिमाया सुनारको स्वागत मनतव्य रहेको कार्यक्रम को संचालन वडा सचिब टंकनाथ भण्डारीले गर्नु भएको थियो ।