भारतमा थपिए २३ हजार ९२४ जना कोरोना संक्रमित

प्रकाशित मिति:

भारतमा थप २३ हजार ९२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ करोड १ लाख ४७ हजार ४६८ पुगेको छ । यो सँगै संक्रमितमध्ये अहिलेसम्म ९७ लाख १७ हजार १९८ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४७ हजार १२८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३२८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४७ हजार नाघेको हो ।