जयकर मेमोरियल टेनिस क्याम्प सम्पन्न

प्रकाशित मिति:

रुपन्देहीको देबिनगरमा रहेको रुपन्देही लन टेनिस सघंको कोर्टमा सोमबारबाट शुरु भएको १८ औ जयकर मेमोरियल टेनिस डेभलमेन्ट क्याम्प सम्पन्न भएको छ ।  जयकर मेमोरियलको आयोजना तथा जुनियर टेनिस इनिसेटिभ (जेटीआइ नेपाल) र रुपन्देही जिल्ला लन टेनिस सघंको सयुक्त सहकार्यमा सम्पन्न क्याम्पमा ५ बर्षदेखी १४ बर्षसम्मका २४ जना खेलाडीहरुले सहभागीता जनाएका थिए ।
जयकर मेमोरियलका अध्यक्ष मनोज राणाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेटिआइ नेपालका लागी संयोजक कृष्णराज घले र सहसंयोजक जितेन्द्र परियारले प्रशिक्षण दिएका थिए ।कार्यक्रममा प्रमुख अतिथी नेपाल ओलम्पिक कमिटिका केन्द्रिय उपाध्यक्ष तथा नेपाल टेनिस सघंका अध्यक्ष ज्योती राणाले प्रत्येक बर्ष काठमाण्डौमा जयकार मेमोरियल टुर्नामेन्ट आयोजना गरिएपनी यसबर्ष भने उपत्यका बाहिरका खेलाडीहरुलाइ समेत उनीहरुको प्रतीभा अझै प्रस्फुटन गर्न क्याम्प सन्चालन गरिएको बताइन ।

 


समय समयमा आयोजना हुने यस्ता प्रशिक्षणले खेलाडीहरुलाइ निखार्ने र मोफसलको टेनिसको बिकासमा आफुहरुले सक्दो सहयोग गर्ने प्रतीबद्धता समेत जनाइन । कार्यक्रममा लन टेनिस सघंका जिल्ला अध्यक्ष सन्जय क्षेष्ठ, नेपाल ओलम्पिक कमिटीका केन्द्रिय सदस्य दिर्घबहादुर केसी ( कुमार) सघ.का उपाध्यक्ष अर्जुन गुरुङ सचिब गोपाल ज्ञवाली, खेलकुद पत्रकार मन्चका जिल्ला अध्यक्ष सुमन अधिकारी, लगायतले बोल्दै रुपन्देहीमा टेनिस खेलले फड्को मारिरहेको अबस्थामा जुनियर खेलाडीहरुलाइ प्रशिक्षण दिनु राम्रो सन्देश प्रवाह भएको बताए । प्रशिक्षणमा सहभागी भएका खेलाडीहरुलाइ सम्मानपत्रले सम्मानीत गरिएको थियो भने लन टेनिसका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी महिका र मायंकाले शो म्याच समेत प्रर्दशन गरेका थिए ।