आज देखी लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु हुंदै

प्रकाशित मिति:

देउखुरी, शनिबार देखी दाङको लमहीमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता सुरु हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा लमहीको अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगीता हुने भएको हो । यो प्रतियोगीतामा एउटा एपिएफको विभागिए टिम सहित ७ प्रदेश गरी ८ ओटा टिमले भाग लिने छन् । क्रिकेट प्रतियोगीताको सबै तयारी पुरा भएको नेपाल क्रिकेट संघ क्यानका लुम्बिनी प्रदेश अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिनुभयो ।‘प्रतियोगीताको सबै तयारी पुरा भएको छ । विहान ९ बजेबाट खेल सुरु हुने छ’थापाले भन्नुभयो,–‘पुस १९ गते सम्म प्रतियोगीता चल्ने छ ।’ शनिबार विहान प्रतियोगीताको उद्घाटन गरिने छ । लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम राखिएको छ । प्रतियोगीतामा भाग लिने चार ओटा टिमका खेलाडीहरु लमही आईपुगेका छन् । बाँकी खेलाडी आउने क्रममा छन् । कोरोना भाइरस संक्रमका कारण ७–८ महिना प्रभावित भएको क्रिकेट प्रतियोगीता पुनः सुरु हुदा खेलाडीहरु उत्साहित भएका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रतियोगीता आयोजना गरिएको छ ।

खेलतालिका यस्तो छ 

आठ ओटा टिमलाई दुई समुहमा विभागन गरिएको छ । ‘ए’ समुहमा एपिएफ, प्रदेश नं. २, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश छ । ‘वि’ समुहमा सुदुरपश्चिम प्रदेश, बागमती, गण्डकी र प्रदेश नं. १ छ । दैनिक दुई ओटा प्रतियोगीता हुनेछन् । शनिबार पहिलो खेल विहान ९ बजेबाट हुने छ । लुम्बिनी प्रदेश र प्रदेश नं. २ का विचमा विहान खेल हुने छ । दिउँसो १ बजे बाट एपिएफ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । १२ गते आइतबार विहानको खेल लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल एपिएफ र प्रदेश नं. २ का विचमा हुने छ । १३ गते प्रदेश नं. २ र कर्णाली प्रदेशको विचमा खेल हुने छ । दिउँसोको खेल एपिएफ र लुम्बिनी प्रदेशको विचमा खेल हुने छ । १४ गते सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुनेछ । दिउँसोको खेल बागमती प्रदेश र प्रदेश नं. १ का विचमा खेल हुनेछ । १५ गते सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ को विचमा, दिउँसो बागमती प्रदेश र गण्डकी प्रदेशको विचमा खेल हुने छ । १६ गते विहानको खेल सुदुरपश्चिम प्रदेश र बागमती प्रदेशको विचमा, दिउँसो गण्डकी प्रदेश र प्रदेश नं. १ को विचमा खेल हुने छ । पुस १७ गते सेमिफाईनल खेल हुने छ । विहान ए गु्रपको विजेता र वि गुप्रको रनर अफको विचमा हुनेछ । दिउँसाको सेमिफाइनल खेल बिजेता गु्रप वि र रनर अफ गु्रप ए का विचमा हुने छ । यी दुबै खेलबाट विजेता हुने टिम फाइनलका लागी पुस १९ गते आपसमा भिड्नेछन् ।

एक्सन स्पोर्टस टिभिबाट प्रत्यक्ष प्रशारण

शनिबारबाट हुने क्रिकेट प्रतियोगीताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्टस टिभिबाट गरिने भएको छ । डिसहोम र क्यान विच सम्झौता गरेर पुस ११ बाट १९ गते सम्म हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिने छ ।