लाइसेन्स को अनलाइन आवेदन आउँदो मंगलबारदेखि  खुल्ने

प्रकाशित मिति:

सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को अनलाइन आवेदन आउँदो मंगलबारदेखि  खुल्ने भएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको लाइसेन्स वितरणका लागि आवेदन, लिखित परीक्षा र ट्रायल मंगलबारदेखि खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार कोरोना भाइरसविरुद्ध स्वास्थ्य मन्त्रालयले तयार पारेको मापदण्ड पालना गर्ने गरी नयाँ लाइसेन्सको परीक्षा र वर्ग थपको प्रक्रिया खुला गर्न लागिएको हो । अब प्रदेश यातायात कार्यालयमार्फत पनि नयाँ लाइसेन्स वितरण हुनेछ ।