रोटरी क्लवको बैठकमा बिजनेश एजेण्डामा छलफल

प्रकाशित मिति:

बुटवल, ११ पुस । रोटरी क्लव अफ बुटवलको १३४४ औं नियमित बैठक शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष रो. सुनिल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा बिजनेश एजेण्डामा छलफल भएको थियो । शनिबारको बैठकमा रोटरीको अघिल्लो बोर्ड बैठकले गरेका निर्णयहरुबारे जानकारी गराइएको थियो । क्लवका सचिव रोम शर्माले बोर्ड बैठकका निर्णयबारे जानकारी गराउँदै रोटरी वर्ष २०२१÷२२ का लागि प्रेसिडेन्ट काउन्सीलको चेअरमा रो. रोमप्रसाद खरेल र क्लवको प्रेसिडेन्ट नोमिनीमा करुण खनाललाई मनोयन गर्ने निर्णय गरिएको जानकारी दिए ।

नोमिनी र चेअरलाई प्रेसिडेन्ट काउन्सील र २०२१÷२२ को बोर्ड गठन गर्न बनेको समितिले सिफारिश गरेको थियो । वर्ष २०२१÷२२ का लागि डा. ताराप्रसाद खनाल अध्यक्ष रहेको कार्यसमितिबारे सचिव शर्माले जानकारी गराएका थिए । बैठकमा क्लवका अध्यक्ष सुनिल श्रेष्ठले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण गर्न लागिएको रोटरी क्यान्सर स्क्रिनिङ सेन्टरका लागि संघीय सरकार स्वास्थ्यमन्त्रालय अन्तर्गत स्वास्थ्य पूर्वाधार शीर्षकमा ५० लाख र बुटवल उपमहानगरपालिकाबाट ५ लाख रुपियाँ छुट्टिएको जानकारी दिए । बैठकमा कोषाध्यक्ष रो. खेम पराजुली, रो. मणिरत्न पाण्डे, रो. रामचन्द्र पन्थीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।