माछा एकातिर र पानी अर्काेतिर हुने भएकाले ओली समूह छोडें : छक्कबहादुर लामा

प्रकाशित मिति:

विघटित प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपामा फर्किएका छन् ।

यसअघि लामा प्रधानमन्त्री केपी शर्मा ओलीले थपेको केन्द्रीय कमिटी सदस्य बनेका थिए भने बालुवाटारका बैठकमा सहभागी भएका थिए ।उनले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै आफू ओली समूहमा नरहेर प्रचण्ड–नेपाल समूहमा रहेको जनाएका छन् ।‘माछा एकातिर पानी अर्कोतिर भएकाले ओली समूह छोडें । जनता एकातिर भए, म अर्कोतिर हुने कुरा ठीक भएन, त्यसैले ओली समूह छाडेको हुँ,’ लोकान्तरसँग कुरा गर्दै लामाले भने ।

नेकपा स्रोतका अनुसार मन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरेका लामाले मन्त्री पद नपाएपछि प्रचण्ड–नेपाल पक्षमा लागेका हुन् । शुक्रवार भएको मन्त्रिपरिषद् विस्तारमा लामालाई मन्त्री नबनाएपछि उनी असन्तुष्ट बनेका थिए ।उनले २०४८, २०७० र र २०७४ सालको निर्वाचनमा आफूलाई हुम्ली जनताले दिएको अभिमतको सम्मान गर्दै ओली समूहको केन्द्रीय सदस्य अस्वीकार गरेको जनाएका छन् ।पूर्व माओवादीका तत्कालीन सल्लाहकार सदस्य समेत रहेका लामा मन्त्रीले मन्त्री बनाउने आश्वासन पाएपछि पुस ६ गते प्रचण्डको साथ छाडेर ओली पक्षमा लागेका थिए ।