चितवनको कालिकामा प्रधानमन्त्री ओलीको पक्षमा नारासहित प्रदर्शन तथा दीप प्रज्वलन

प्रकाशित मिति:

शिशिर सिंखडा, चितवन। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको समर्थनमा आज साँझ चितवनको कालिका नगरपालिका स्थित खोलेसिमल बजारमा प्रदर्शन गरिएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी, युवा संघ र अनेरास्ववियुको आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले ओलीको कदमको समर्थन गरेका हुन् ।

पार्टी भित्रैबाट असहयोग भएपछि प्रधानमन्त्री ओली संसद बिघटन गरि मध्यावधि चुनाव गर्न बाध्य भएको नेकपाका जिल्ला नेता कमलराज पाठ्कले बताए ।प्रदर्शनमा सहभागि युवा विद्यार्थी नेताहरुले प्रधानमन्त्री केपी ओली जिन्दावाद, जनताको बहुदलीय जनबाद जिन्दावाद, आजलाई होईन भोलीलाई हाम्रो समर्थन सस्थापन पक्ष ओलीलाई लगाएतका नारा लगाएका थिए ।कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य दुर्गादत्त पौडेल , कालिका नगरपालिका नेकपाका नेता केशव लामा लगायतले मन्तव्य राखेका थिए । सो अबसरमा उनीहरुले प्रधानमन्त्री केपी ओलीको समर्थनमा दिप प्रज्वलन समेत गरेका थिए ।