पत्रकार शिव पुरीद्धारा बंशिराम अनाथलयमा सिरक सहयोग

प्रकाशित मिति:

११ पुस । रौतहटको गरुडामा रहेको श्री बंशिराम अनाथलयमा सिरक सहयोग गरिएको छ । शनिवार चन्द्रपुर नगरपालिका वडा नं ४ घर भएका पत्रकार शिव पुरीले अनाथलयमा बस्ने बालबालिकाहरुका लागी १६ थान सिरक सहयोग गरेका हुन् ।तराईमा बढदै गएको चिसोबाट अनाथ बालबालिकालाई न्यानो महसुस होस् भन्ने उद्देश्यका साथ उनले अनाथालयमा सिरक सहयो गरेको बताएका छन् ।

जाडोबाट पिडित बनेका करिब ३३ जना बालबालिकाहरुलाई सिरक सहयोग गरिएको पत्रकार शिव पुरीले तराई एक्सप्रेसलाई बताएका छन् । यस्तै पत्रकार पुरीले बिगत लामो समयदेखि अनाथलय लगाएत बिभिन्न मठ मन्दिर तथा गरिब विपन्न परिवारलाई सहयोग गर्दै आएको छ । जाडोको समयमा अनाथलयका बालबालिकाहरुलाई समस्या भएको अवस्थामा पत्रकार पुरीले ठूलो राहत दिएको अनाथलयका ब्यवस्थापक ह्दय कुश्वाहले बताएका छन ।