रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सको बनभोज सम्पन्न , बक्ताहरु भन्नुहुन्छ -`छोटो समयमा क्लबले गरेका कार्यहरु अनुकरणीय´ !

प्रकाशित मिति:

बुटवल – बुटवलमा धेरै रोट्र्याक्ट क्लबहरुको जन्म भयो । केहिले उल्लेखनीय काम गरिरहेका छन भने केही क्लबहरु निष्क्रिय पनि छन । गत बर्षमा यस्तो क्लबको जन्मभयो जुन क्लबलाई रोटरी क्लब अफ लुम्बिनी स्टार्सले स्पोन्सर गर्यो र छोटो समयमै विभिन्न सामाजिक काम गरी सबैको मस्तिष्कमा पुग्न सफल भएको क्लब हो रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्स ।

आफ्नो बार्षिक तालिका अनुरुप क्लबले आज फेलोसिप तथा बनभोज कार्यक्रम सम्पन्न पनि गरेको छ । क्लबका सदस्यहरु संग विभिन्न सामाजिक क्षेत्रका ब्यक्तित्व संग परिचय समेत हुने हेतुले संकरनगर स्थित बनबाटिकामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

बनभोज कार्यक्रमलाई रमाइलोको लागी मात्र नलिइ एक आपसमा चिनजान र बर्षभरी रोट्र्याक्टले गरेका महत्वपूर्ण कार्यको समिक्षा तथा मुल्यांकन गर्ने अवसरका रुपमा समेत लिने अवसर जुराएको क्लबका प्रेसिडेन्ट बिमल ढकाल बताउनुहुन्छ ।

मध्यम समयमा औपचारिकता मार्फत क्लबको एक कार्यक्रम समेत सम्पन्न भएको थियो । रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष तथा क्लबका सल्लाहकार यादब भण्डारीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा बनभोज संयोजक एबम बर्ष २१/२२ का इलेक्ट प्रेसिडेन्ट मुक्तिराम भण्डारीको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा बिशिस्ट अतिथी रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डे अतिथिहरुमा इलेक्ट प्रेसिडेन्ट सुमन बस्याल , सचिब बिक्रम क्षेत्री , कोषाध्यक्ष धुर्व कोइराला , बुटवल जेसिसका निवर्तमान अध्यक्ष राजिब गौतम लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमका बक्ताहरुले रोट्र्याक्ट क्लब अफ लुम्बिनी स्टार्सले गरेका सामाजिक कार्यहरुको प्रशंसा समेत गर्नुभएको थियो । कार्यक्रमका सभाध्यक्ष एबम क्लवका अध्यक्ष बिमल ढकालले बनभोज कार्यक्रममा उपस्तिथित हुने सम्पुर्ण रोट्र्याकर अभियानताहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने विशेषत बनभोज कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न अतुलनीय भुमिका निर्वाह गर्नुहुने संयोजक मुक्ती भण्डारी , सदस्यहरु जया भण्डारी र सुदिप न्यौपाने लगायत समस्त प्रती आभार प्रकट गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन राम भण्डारीले गर्नुभएको थियो । साथै एक कार्यक्रमका बिच आयोजना गरिएको घैटोफोर कार्यक्रममा सुनिल जिसि , राजिब जंग कुँवर , राजु पौडेलले प्रथम , द्वितीय र तृतीय पुरस्कार हात पार्नुभएको थियो ।