लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको अध्यक्षमा दिनेश थापा निर्वाचित

प्रकाशित मिति:

लुम्बिनी साना तथा मझौला ढुवानी व्यवसायी संघको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार बुटवलमा सम्पन्न भएको छ । संघका अध्यक्ष लक्ष्मण क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि दिनेश थापाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध रुपमा निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा सुमन सापकोटा, महासचिवमा पदम शर्मा भण्डारी, सचिवमा रबिन्द्र श्रेष्ठ, कोषाध्यक्षमा नविन पोखरेल, सह–सचिवमा सुन्दर थापामगर पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता महेन्द्र पाण्डेले बताए । त्यस्तै सदस्यहरुमा सुमन तिमिल्सिना, दिपक तामाङ्ग, धर्मराज जैसी, रमेश बज्राचार्य, गोरख बानिया, पारसनाथ केशरी, रामप्रसाद शर्मा पनि निर्विरोध निर्वाचित भएको पाण्डेले जानकारी दिए । त्यसै गरी संस्थाको लेखा समितिमा गोपाल पाण्डे सदस्यहरुमा राजु पौडेल र राजकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

सो कार्यक्रमको उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले साना तथा मझौला स्वरोजगार व्यवसायीहरु राज्यको उचित नीतिको अभावमा धरासायीको संघारमा पुगेको बताए । महासंघका लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले यातायात व्यवसायको हकहित संरक्षण र प्रबद्र्धनप्रति सरकार सदैव उदासिन रहनु दुर्भाग्य भएको टिप्पणी गरेका छन् । कार्यक्रममा संघका सल्लाहकारहरु महेन्द्र पाण्डे, विकासजंग बस्नेत, हरिश ढकाल, अध्यक्ष लक्ष्मण क्षेत्री, उपाध्यक्ष दिनेश थापा, महासचिव सुमन सापकोटा, सचिव पदम शर्मा, कोषाध्यक्ष रविन श्रेष्ठ लगायतले राजनैतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्र कमजोर बन्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै साना तथा मझौला ढुवानी व्यवसायीहरुका समस्या, चुनौती र राज्यले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा चर्चा गरेका थिए ।