कोरोना अस्पतालदेखि आज बिहान हराएका बिरामी अझै भेटिएनन्

प्रकाशित मिति:

रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुमा भर्ना भएका एक जना बिरामी हराएका छन् । गत ८ गते कोरोना पोजेटिभ देखिएका बुटवल १३ का ५५ वर्षीय पुरुष आज बिहान शौचालय गएर नफर्किएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले बताए । ‘अक्सिजन नलगाइकन औषधी उपचार भइरहेको थियो, उनले भने, ‘बिरामीले घर जाने भनी शनिवार सांझदेखि नै भनिरहनु भएको थियो ।’ आइतबार परिवारका सदस्य बोलाई सल्लाह गर्ने भनिएको भन्दै उनले बिहान ६ नबज्दै शौच गर्न गएका बिरामी भागेको बताए ।
बिरामीले हिजो सांझ परिवारका सदस्यलाई आफुलाई अस्पतालबाट घर लैजान भनेको उनकी श्रीमतीले बताइन् । शरिरदेखि धेरै रगत निकालेका छन् भन्नुभएको थियो भन्दै उनले आइसियुको बिरामी एक्लै बाहिरको शौचालय पठाउनु अस्पतालको लापरवाही भएको बताइन् । आइतबार बिहान आफुले बिरामीसंग सम्पर्क गर्न खोज्दा बिरामीको मोबाइल बन्द रहेको उनले बताइन् ।  अस्पताल प्रशासनले प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।