दाइजो दिएको औंठि चल्यो मान्छे चलेन : बद्री  पङ्गेनि  

प्रकाशित मिति:

सबलपोस्ट । नेपालको कानुनले जातिय प्रथा अन्त्य गरेपनी सामाजिक रुपमा अझै पनि छुवाछुत प्रथाले जरा गाढेकै छ। अझै पनि दलितमाथी अमानवीय ब्यवहार हुने गरेको छ ।
छुवाछूत प्रथा अन्त्य गर्न आवाज पनि उठिनै रहन्छ। तर त्यो ब्यवहारमा अझै हट्न सकेको छैन। चलचित्र गित सङ्गितका माध्यम बाट पनि चेतना मुलक गितहरु आईनैरहन्छ्न ।अहिलेको समयमा पनि कलाकारिताको माध्यमबाट यस्ता कुरा सजक गराईरहदा अझ परिबर्तन हुन नसकेको आभास हुन्छ ।
नेपाली लोक दोहोरी क्षेत्रका चर्चित गायक बद्री पङ्गेनीले गाएको पछिल्लो समयको चर्चित गितू तिम्रो घरमा मेरि छोरी गित पनि यस्तै आवाज बोल्ने गित रहेको छ । समाजमा रहेको जातिय प्रथाको बिरुद्धमा आवाज उठाईएको छ । सबै कुरामा पोख्त गायक पङ्गेनीले यो भिडियोमा आफैले निकै कलात्मक तरिकाले निर्देशन गरेका छ्न । यो गितले सफलता पाईरहदा बद्री पनि निकै खुसी छ्न । उनले आफ्नै युट्युब च्यानल मार्फत गितलाई बजारमा पठाएका छ्न । गितमा शब्द नारायण ज्ञवालीले लेखेका छ्न भने सङ्गीत बद्री पङेनीले गरेका छ्न । बद्रीलाई स्वरमा साथ पछिल्लो समयकी ब्यस्त गायिका रचना रिमालले दिएकी छ्न ।

यो गित अहिलेसम्म १७ लाख भन्दा बढी हेरिएको छ ।
गितमा अभिनय अभिनयमा अब्बल मानिएका कलाकार सन्तोष पन्थ , लक्ष्मी गिरि , रश्मि भट्ट लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ। एरेन्जर बिश्वास नेपालको एरेन्ज पनि उत्कृष्ट छ। गितले अझ धेरै सफलता पाओस शुभकामना सबैलाई ।https://youtu.be/sS2o-bJA37Q