सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनस्र्थापना गर्नेछ : भुषाल

प्रकाशित मिति:

नेकपा नेता घनश्याम भुसालले सर्वोच्च अदालतले जनमत र संवैधानिक व्यवस्थाकै पक्षमा फैसला गर्दै प्रतिनिधि सभा पुनस्र्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेकपा रूपन्देही दाहाल–नेपाल पक्षले गरेको जिल्ला भेलामा सहभागी हुन आइतवार गृहजिल्ला रुपन्देही आएका भुसालले सञ्चारकर्मीसंग कुरा गर्दै प्रतिनिधि सभा पुनस्र्थापना नभएमा मुलुक अधोगतितिर जाने बताए । अफ्रिकाका केही मुलुकमा बाहेक अरू मुलुकमा जनमत र संविधानको पालना नहुने विषय मैले सुनेको छैन,’ भुषालले भने, संविधान र जनमतको सम्मान गर्न, स्थीरता कायम राख्न पनि अदालतले प्रतिनिधि सभा पुनस्थापना गर्नैपर्छ ।’ संसद विघटन गर्ने निर्णयले नेपाली जनताले ५० वर्षदेखि चाहेको समृद्धिको आकांक्षा तुहाएको र अस्थिरतालाई बल पुगेको उनले बताए ।