सहकारीहरुलाई कृषि औजार हस्तान्तरण

प्रकाशित मिति:

तोलाकान्त बगाले, वालिङ, १२ पुस । वालिङ नगरपालिकाका सुन्तला र कागती खेती गर्ने कृषि सहकारीहरुलाई कृषि औजारहरु हस्तान्तरण गरिएको छ । वालिङ नगरपालिका र युनडिपीको आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत वालिङ नगरपालिकाभित्रका सुन्तला तथा कागतीका क्षेत्रमा काम गरेका विभिन्न ३० समूह तथा सहकारीलाई भ¥याङ, सिकेचर र करौैती हस्तान्तरण गरिएको हो ।

कृषि औजारहरु हस्तान्तरण गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले सुन्तला तथा कागतीको उत्पादनपश्चात सुरक्षित भण्डारणमा सहयोग पु¥याउने उद्धेश्यले औजारहरु वितरण गरिएको बताउनुभयो । उत्पादित बस्तुलाई सुरक्षित तरिकाले टिप्न, कटानी छटानी, गोडमेल गर्नका लागि कृषि औजार वितरण गरिएको बताउँदै कृषिलाई आधुनिक र ब्यवसायीकरण गर्नका लागि अन्य आवश्यक औजारहरु उपलब्ध गराउने प्रतिबद्धतासमेत उहाँले जनाउनुभयो । जबसम्म श्रमको सम्मान हुँदैन तबसम्म कृषिले फड्को मार्न सक्दैन” नगर प्रमुख खाँणले भन्नुभयो, “यहाँहरु ब्यवसायिक उत्पादनतर्फ लाग्नुहोस् र उक्त अभियानतर्फ लाग्दै गर्दा के के समस्याहरु आईपर्छन् ती समस्याको समाधानका लागि नगरपालिका प्रतिबद्ध छ किसानहरुको साथमा सदैव रहने छ ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, दियालो संस्थाका अध्यक्ष कविता गैहले प्राप्त सामग्रीको सही सदुपयोग गर्न आग्रह गर्दै आगामी दिनमा ब्यवसाय प्रवद्र्धनका लागि थप सहयोगका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।