सरकार बिरुद्ध तरुद दल वालिङको बिरोध र्याली

प्रकाशित मिति:

पौष १२, वालिङ । नेपाल तरुण दल वालिङ नगर समितिले सरकारको विरुद्ध र्याली गरेको छ । प्रधान मन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेर असवैधानिक काम गरेको भन्दै तरुद दल वालिङले बिरोध स्वरुप मोटरसाइकल र्याली गरेको हो । नेपाली कांग्रेसले पौष १३ गते देशभर गर्ने भनेको विरोध प्रदर्शनको तयारी रहेको तरुण दलले जनाएको छ । पार्टी कार्यालयबाट सुरु भएको मिर्दी, त्रियासी, खहरे हुदै पुन मोडमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस स्याङ्जाका कार्यबाहक सभापति बुद्धि बहादुर राना कुमारले प्रधानमन्त्री केपी ओलीले नेपालको संविधान विपरित सर्वसत्ताबाद लाद्न र अधिनायकबाद हावी गराउन गरेको संसद विघटनले मुलुक दुर्घटनमा परेको बताउनु भयो ।

उहाँले यो सरकार गैर जिम्मोवारी पूर्ण ढङ्ले अगाडि बढिरहेको भन्दै सम्पूर्ण राष्ट्रप्रेमि र न्यायप्रेमि जनता सडकमा आउन आवस्यक भएको बताउनु भयो । सभापति रानाले संविधानको रक्षा गर्न र सफल राष्ट्र निर्माण गर्ने अभियानमा जोडिन सबैलाई आग्रह गर्नु भयो । साथै उहाँले सोमबार हुने बिरोध प्रदर्शनमा समेत सहभागी हुन सबैलाई आह्वान गर्नु भएको छ । साथै नेपाल तरुण दल वालिङ नगर समितिका अध्यक्ष आशिष प्रताप खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले चालेको असंवैधानिक कदमको घोर भत्र्सना गर्दै यो सांकेतिक र्याली रहेको र भोलिका दिनमा अरु कडा रुपमा प्रस्तुत हुने बताउनु भयो ।