महासंघको लुम्बिनी प्रदेश प्रवक्तामा मैनाली

प्रकाशित मिति:

बुटवल,१२ पुस । नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघको लुम्बिनी प्रदेश प्रवक्तामा अरुण मैनाली चयन भएका छन् । डाइनामिक एजुकेशन एण्ड भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक मैनाली महासंघको प्रदेश उपाध्यक्ष हुन् ।

महासंघका विषयमा सार्वजनिक गर्नुपर्ने कुराहरुलाई व्यवस्थित र प्रभावकारी तरिकाले सरोकारवाला निकायसम्म पु¥याउन मैनालीलाई प्रवक्ता चयन गरिएको महासंघका प्रदेश अध्यक्ष सतिष अधिकारीले बताए । प्रवक्ता मैनालीले व्यवसायलाई मर्यादित र तालिमहरुलाई स्तरीय बनाउन सरोकारवाला निकायसंग पहल गरिने र सबैलाई दर्ता गरेर मात्र सञ्चालन गर्न दिइने विषयमा महासंघले पहल गरिरहेको बताए ।